कास्कीका २५५ सहित देशभर थप ३ हजार २ सय ६० जनामा सङ्क्रमण पुष्टि

corona

साउन २८, कास्की,

बिहीबार गण्डकी प्रदेशमा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२६८ जनामा गरिएको नमुना परीक्षणमा थप ६५४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २५५ जना सहित, तनहुँका १०२ जना, बागलुङका ९७ जना, नवलपुरका ६३ जना, स्याङ्गजाका ५८ जना, गोरखाका ३९ जना, पर्वतका २२ जना, म्याग्दीका १० जना र लमजुङका छ जना रहेका छन् ।

योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ५१५ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६६ हजार ९०७ पुगेको छ ।

बिहीबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा सातै जना पोखरा महानगरपालिकाका विभिन्न वडाका छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२६१ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार आठ सय ६ जनाको पीसीआर र चार हजार ६ सय ५६ जनाको एन्टिजेन गरी १५ हजार चार सय ६२ नमुना परीक्षण गर्दा तीन हजार दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार ६ सय ५१ पुगेको छ ।

यस्तै थप दुई हजार दुई सय ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७७ हजार तीन सय ७७ जना पुगेको छ ।

यस्तै यही अवधिमा थप ३२ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय १२ जना पुगेको छ ।