
असार २८, कास्की,
पोखराको लामाचौरबाट एक व्यक्ति अवैध लागु औषधसहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१६ लामाचौर बस्ने ३६ वर्षीय सन्तोष थापा अवैध लागु औषधसहित पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले थापाको घरमा लुकाई राखेको लागु औषध डाइजेपाम १० एम्पुल,फेनेरागन १० एम्पुल, नुर्फिन १० एम्पुल गरी जम्मा ३० एम्पुल लागु औषध वरामद गरेको हो । पक्राउ परेका थापा विरुद्ध लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।