कास्कीका ११० सहित थप ३ हजार ४२ जनामा कोरोना पुष्टि:गण्डकीका ५ सहित थप २६ जनाको मृत्यु

bibaran

भदौ ४, कास्की,

शुक्रबार गण्डकी प्रदेशमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०३८ जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय १० जना सहित गोरखाका ४८ जना, नवलपुरका ३७ जना, याङ्गजाका ३६ जना, तनहुँका ३५ जना, बागलुङका १९ जना त्यस्तै पर्वत र म्याग्दीका सातसात जना र लमजुङका ४ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७८ हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ सय ७७ जना कोरोनामुक्त भएसंगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७१ हजार ३२० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण शुक्रबार (आज) गण्डकीमा थप ५ जनाको मृत्यु भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की र नवलपुरका दुईदुई जना सहित पर्वतका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय २६ पुगेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जम्मा १७ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा थप ३ हजार ४२ अर्थाथ १७ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् भने यही अवधिमा थप २६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार चार सय ५५ पुगेको छ । अहिले नेपालमा ४० हजार ३ सय ९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।