
साउन १९, कास्की,
शेयर बजार परिसूचक नेप्सेले आज मङ्गलवार ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१ सय विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो ।
हिजो सोमवार र अस्ति आइतवार सामान्य बढेको नेप्से आज २६ दशमलव शून्य दुई अङ्कले बढेर ३१ सय ११ दशमलव शून्य नौ विन्दुमा पुगेको हो ।
आज दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।