एन्फा र चरक मेमोरियल अस्पताल विच सम्झौता

Mou Sign 3

साउन १७, पोखरा,

अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।

नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक मोमोरियल अस्पताल विच सम्झौता भएको हो । सम्झौता अनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीहरुलाई स्वास्थ्य उपचारको सम्पूर्ण स्वास्थ्य सुविधा अस्पतालले उपलव्ध गराउने भएको छ ।

सम्झौता अनुसार फुटसल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निशुल्क उपचार प्रदान गर्नेछ भने औषधीमा १० प्रतिशत छुट दिने भएको छ । त्यसै गरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ ।

उक्त सम्झौतामा एन्फाको तर्फ बाट एन्फाका केन्द्रिय सदस्य एवम एन्फा स्वास्थ्य समितीका संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र अस्पतालका म्यानेजर प्रदिप शर्माले हस्ताक्षर गरेका छन ।

उक्त ए डिभिजनको राष्ट्रिय फुटसल लिगमा प्रदेश नं १ बाट २ टिम, वागमती बाट ४ टिम, गण्डकी प्रदेश बाट २ टिम, लुम्विनी, कर्णाली र सुदुर पश्चिम बाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने फुटसल कमिटीका प्रमुख गुरुङले जानकारी दिएका छन । प्रतियोगिता पोखरा रंगशाला स्थित वहुउद्धेश्यिय कभर्ड हलमा सञ्चालन हुने छ ।