गण्डकीका ५ सय ६६ सहित देशभर थप ३ हजार ५ सय ४० जनामा संक्रमण पुष्टी

update

जेठ २२, पोखरा,

गण्डकी प्रदेशमा थप ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ५ सय ९० जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ९८७ पुगेको छ ।

शनिबार गण्डकीबाट ५२३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ । त्यस्तै शनिबार पनि गण्डकीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना, लमजुङका तीन जना तथा तनहुँ, गोरखा, पर्वत, बागलुङ र म्याग्दीका एकएक जना रहेका छन् ।

योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४८ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
शनिबार देशभर थप ३ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ५ लाख ८५ हजार हजार १ सय पुगेको छ ।

यस्तै शनिबार ८ हजार २ सय ४३ जना निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो समय कोरोनाका कारण थप ६८ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको मन्त्रालयले जनाएको छ ।