देउवालाई प्रधानमन्त्री बन्न नदिन ठाकुर पक्ष तयारीमा जुट्दै

rajapa

बैशाख २८, काठमाण्डौ,

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेका छन् ।

देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले जानकारी दिनुभयो ।

मधेशका मुद्दामा ध्यान नदिइ एक पक्षलाई मात्र चेप्ने काम भएमा नयाँ सरकार र चुनावी सरकारको नेतृत्व पनि देउवाको हातबाट फुस्किने उहाँको भनाइ छ ।

देउवाले प्रधानमन्त्री पद दिनेमा आफूहरू विश्वस्त हुन नसकेको बताउँदै ती नेताले प्रधानमन्त्री पदको ललिपपमा नफस्नेमा जोड दिनुभयो । ‘प्रधानमन्त्री दिन्छौं भनेर ललिपप देखाएका हुन्,’ उहाँले भन्नुभयो, ‘तर हामी अब ललिपपमा फस्नेवाला छैनौं ।’

यस्तै उहाँले नयाँ सरकारको पक्षमा आफूहरू नरहेको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ नपुर्याएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल र समाचारहरूमा आएजस्तो राष्ट्रपति कहाँ पत्र नपुर्याएको जानकारी दिनुभयो ।

यद्यपि कांग्रेस, माओवादी र जसपाका केही नेताको गठबन्धबाट बहुमत पुगेको पत्र राष्ट्रपतिकहाँ पुगेपछि भने पत्र पठाउने तयारीमा रहेको खुलासा गर्नुभयो ।