कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्धारा सामूहिक राजीनामा : सभापति देउवाद्धारा अस्विकार

NCMeeting 1

साउन ३०, काठमाण्डौ,

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने उनीहरुले माग छ ।

‘पार्टीको विधानमा हामीलाई क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार दिइएन । त्यही कारण हामीले राजीनामा गरेका हौं,’ आमन्त्रित केन्द्रीय किरण पौडेलले भन्नुभयो।

उहाले थप्नुभयो ‘केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ(नगररपालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वतस् प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने हाम्रो माग छ ।’

केन्द्रीय समितिको जारी बैठकमा उनीहरुले सामूहिक राजीनामा सभापति शेरबहादुर देउवालाई बुझाएका हुन्। तर, देउवाले राजीनामा अस्वीकृत गरिदिनुभएको छ ।

सामूहिक राजीनामा दिनेहरू

१। नन्दनकुमार दत्त
२। कुमार खड्का
३। बालकृष्ण पाण्डेय
४। गोरख ९आनन्द० विष्ट
५। नरेन्द्रकुमार चौधरी
६। हसन अन्सारी
७। किरणराज शर्मा पौडेल
८। रमा कोइराला पौडेल
९। कृष्णकिशोर घिमिरे
१०। गोपालकुमार बस्नेत
११। सुधीरकुमार शिवाकोटी
१२। मनोहरनारायण श्रेष्ठ
१३। ध्रुव वाग्ले
१४। मोहनसिंह राठौर
१५। शम्भुलाल श्रेष्ठ
१६। अभिषेख प्रताप शाह
१७। दयाराम पाण्डे
१८। जनकराज कलौनी
१९। भूमिबहादुर ९विश्व० गुरुङ
२०। आशाराम चौधरी
२१। दिलीप राई
२२। राजेश बहादुर सिंह