
बैशाख २३, पोखरा,
केहि समयदेखि दलिय खिचातानीको कारण सुरुहुन नसकेको गण्डकी प्रदेश सभाको विषेश अधिवेशन बैठक बैशाख २७ गते बिहान ११ बजे बस्ने सहमति भएको सांसद रामजी बरालले जानकारी दिनुभयो ।
प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको थियो । आजको बैठकमा संसद सुचारु गर्नेबारे सबै दलहरुविच सहमति भएको बरालले बताउनुभयो । पुरानै कार्यसुचि अनुसार संसद सुचारु हुने उहाँको भनाई रहेको छ ।
बरालका अनुसार कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने सहमति कायमै रहेको छ । हिजो मात्रै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङंलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । भने जनता समाजबादी पार्टी गण्डकी प्रदेशका संसदीय दलका नेता हरिशरण आचार्यलाई पनि कोरोना संक्रमण भएको छ । यसअघि प्रदेशका ३ जना सांसदहरुलाई कोरोना पुष्टी भैसकेको छ ।