अमेरिकी विदेशमन्त्रीले दलाई लामाका प्रतिनिधिलाई भेटेपछि चीनको आपत्ति

Dalai-Lama-Meet-American-Foregin-Minister 1

साउन १५, काठमाण्डौ,

भारतमा भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चीनले कडा आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताउनुभयो । चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने उहाँले बताउनुभएको छ ।

अमेरिकाले आफ्नो प्रतिबद्धतामा कायम रहनुपर्नेमा पनि चीनले जोड दिएको छ । चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने विदेश मन्त्री झाओले बताउनुभयो । पछिल्लो समय शक्तिशाली मानिएका चीन र अमेरिकाबीच तनाव बढ्दो छ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान थालेपछि चीनले तालिबानका नेताहरुसँग छलफल गरेको छ ।
एजेन्सी