नेपालमा अझै पनि परम्परावादी कृषि प्रणाली छ : मन्त्री बराल

mantri ji

साउन १०, कास्की,

गण्डकी प्रदेशका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकिकरण र व्यवसायीक बनाउन जरुरी रहेको बताउनुभएको छ ।

अरुणोदय दुग्ध उत्पादक तथा नेश्नल सुधार सहकारी संस्थाको समन्वयमा भएको कार्यक्रममा बोल्दै मन्त्री बरालले केहीले कृषि सहकारी खोलेर अर्को खेलो समेत गर्ने गरेको टिप्पणी गर्नुभयो ।

कृषि बहुउद्देश्य सहकारी आजको आवश्यकता भएको भन्दै उहाँले किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले अनुदान दिने कार्यक्रम सहित कृषक परिचय पत्र समेत वितरण गरेकोमा महानगरलाई धन्यवाद दिनुभएको छ ।

अहिले सबै भन्दा बढी उपेक्षित वर्ग किसान भएको जिकिर गर्दै भन्नुभयो ः“कृषि जस्तो स्वाभिमानी, स्वावलम्बी पेशा अन्यमा छैन, मुलुकमा किसान र उनीहरुलाई हेर्ने दृष्टिकोण अलि फरक छ ।”

मन्त्री बरालले राज्यको तर्फबट समेत किसानलाई प्रोत्साहन र सम्मान गर्न नसक्दा नेपालका किसानमा हिनतावोध भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिकाका उप—मेयर मन्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा २०७७ र ०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा भैसी प्रबद्र्धन कार्यक्रम अन्र्तगत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैसी खरिदमा अनुदान वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।