एमालेद्धारा चार नेतालाई गरेको कारबाही फुकुवा

UML baithak

बैशाख ३०, काठमाण्डौ

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले ओली–दाहाल नेतृत्वको नेकपालाई अवैध मान्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओलीले नेपालसहितका नेतालाई कार्वाही गर्दै ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्नुभएको थियो ।

माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय ९निर्णयसहित०
तर, यही वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई पदमुक्त हुनु परेपछि प्रधानमन्त्री ओलीले नेपालसहितका नेतामाथिको कार्वाही फुकुवा गर्नुभएको हो ।

ओली पदमुक्त भएकाले रिक्त प्रधानमन्त्री पदमा आज राति ९ बजेसम्म बहुमतको सरकारका लागि दाबी पेश गर्न दलहरुलाई राष्ट्रपतिले समय दिएकामा ओलीलाई हटाउन नेपाल पक्षका सांसदहरु राजीनामासमेत दिन तयार भएपछि यो कदम चालिएको हो ।