
साउन १९, कास्की,
मंगलबार गण्डकीका ५०८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३५ जनामा गरिएको नमुना परीक्षणमा थप ५०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५५ जना, तनहुँका ६१ जना, गोरखाका ८४ जना, लमजुङका ११ जना, नवलपुरका ४४ जना, स्याङ्गजाका ७७ जना, पर्वतका एक जना, बागलुङका ५८ जना र म्याग्दीका १७ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६९ हजार १५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ ।
मंगलबार गण्डकीमा थप दुइको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना र कास्की पोखराका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११०५ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर थप तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ हजार ७ सय १८ जनामा कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टाभित्रमा एक हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै,कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।