सगरमाथा आधार शिविरमा स्वास्थ्य जोखिम छैन : पर्यटन मन्त्रालय

paretan

बैशाख २५, काठमाण्डौ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन÷प्रसारण गरेका थिए ।
वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।