पश्चिमाञ्चल होटल संघ पोखरा र एनालग इन्कबीच पर्यटन क्षेत्रको डिजिटल प्रवद्र्धनका लागि सम्झौता

hotel ink

साउन १० कास्की,

पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रवद्र्धन गर्न पश्चिमाञ्चल होटल संघ पोखरा र एनालग इन्क प्रालिबीच शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पोखरामा अयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र काठमाडौंको गौशलामा कार्यालय रहेको इन्कका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले हस्ताक्षर गरी सम्झौतापत्र साटासाट गर्नुभएको हो ।

कोभिड–१९ बाट थला परेको पर्यटनलाई पूर्ववत अवस्थामा फर्काउने उद्धेश्यका साथ सम्झौता भएको हो । सम्झौता अनुसार इन्कले संघसँगको सहकार्यमा संस्थाका सदस्य होटलहरुलाई २० प्रतिशत छुटमा डिजिटल माध्यमबाट बजारिकरणमा सघाउने जनाइएको छ ।

कोभिड– १९ का कारण अर्थतन्त्र, दैनिक जीवनचर्या, सार्वजनिक सेवा र विविध अवसरहरुका अतिरिक्त पर्यटन क्षेत्र समेत नराम्रो गरी प्रभावित भएको भन्दै इन्कले डिजिटल बजारिकरणले यस्तो अवस्थालाई सकरात्मक दिशा दिन सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ ।