लायन्स क्लब पोखरा अन्नपूर्णद्धारा बृहत छात्रबृति, शैक्षिक सामग्री र खाद्यान्न बितरण(फोटो फिचर)

11

साउन ३१, कास्की,

लायन्स क्लब पोखरा अन्नपूर्णले बृहत छात्रबृति, शैक्षिक सामग्री र खाद्यान्न बितरण गरेको छ ।

पोखरा २१ मा रहेको बयेली आधारभूत बिद्यालय कृष्तीमा एक समारोहका बिच लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ बि १ का गर्भनर बिसेश्वर आचार्यले सो सहयोग हस्तान्तरण गर्नुभएको हो ।

बयेली आधारभूत बिद्यालयमा अध्ययनरत १४ जना बिद्यार्थीहरुलाई जनही ४० हजारका दरले जम्मा ५ लाख ६० हजार छात्रवृत्ति प्रदान गरिएको हो ।

साथै बिपन्न निम्न आय भएका ४८ घरपरिवारलाई १ लाख ६८ हजार बराबरको खाद्यान्न सामाग्रिका साथै बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ६० हजार रुपैया बराबरको शैक्षिक सामग्री गरी जम्मा ७ लाख ८८ हजार बराबर सहयोग प्रदान गरिएको क्लबका कोषाध्यक्ष गणेश छबिले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्टिक गर्भनर बिशेश्वर आचार्यले लायन्स क्लब अन्नपूर्णबाट गरिने कार्य सधै उत्कृष्ट हुने बताउँदै जहाँ आवश्यकता त्यहा लायन्स पुग्ने बताउनुभयो । उहाँले लायन्स डिष्टिकले यो बर्ष मोडेल भिलेजको अबधारण ल्याएकोले सम्पूर्ण लायन्स क्लबलाई सहयोग गरिदिन अनुरोध पनि गर्नु भयो ।

कार्यक्रममा क्लष्टर चिफ मधुसुदन कोइरालाले लायन्स क्लब अन्नपूर्णको यति ठुलो सहयोगले स्थानीय जनता साथै विद्यार्थिहरु प्रत्यक्ष लाभान्वीत हुने बताउनुभयो ।

छात्रबृति कार्यक्रमका संयोजक प्रकाश सुवेदीले स्थानीय बाल बालिकाहरुलाई यो छात्रबृति सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।

त्यस्तै बिद्यालयका प्रध्यानाध्यापक यामनाथ सुवेदीले बयेली आधारभूत बिद्यालयलाई नमुना बिद्यालय बनाउन लायन्स क्लबले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शशीधर सुवेदी, बिद्यालय ब्यबस्थापन समितिका सल्लाहकार बिश्व बन्धु पोखरेल, हर्राबोट टोल सुधार समितिका अध्यक्ष नन्दलाल सुवेदी, महिला संस्थाका दुर्गा थापा लगायतले लायन्स क्लब पोखरा अन्नपूर्णले गरेको सहयोगको प्रसंसा गर्नुभएको थियो ।

लायन्स क्लब पोखरा अन्नपुर्णका अध्यक्ष सूर्य प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बिजय पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सुमन थापाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।