न्यूयोर्कका गभर्नरले ११ महिलालाई यौन दुव्र्यवहार गरेको रिपोर्ट सार्वजनिक

endriu

साउन २०, एजेन्सी,

अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुमोले ११ जना महिलालाई यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा तरंग पैदा गरेको छ ।

प्रतिवेदन आएसँगै राष्ट्रपति जो बाइडनले आरोपी डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले राजीनामा गर्नुपर्ने धारणा सार्वजनिक गरिसक्नुभएको छ । पार्टीका अरु नेताले पनि कुमोले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

गभर्नर कुमोले कार्यस्थलमै दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएकामा मंगलबार राज्यकी महान्यायाधिवक्ता लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

प्रतिवेदनमा ६३ वर्षीय कुमोले गलत नियतले महिलालाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख छ । कुमोको कार्यालयमा कामको वातावरण विषाक्त रहेको पनि उल्लेख छ ।

राष्ट्रपति बाइडनले ह्वाइटहाउसमा संवाददाताहरूसँग राज्यको संसदले महाअभियोग लगाउन सक्ने भए पनि कुमोले राजीनामा दिनु पर्ने बताउनुभयो ।

कुमोले भने आरोप अस्वीकार गर्दै आफ्नो बोली र व्यवहारलाई केही मानिसले गलत रूपमा बुझेको र प्रतिवेदन अन्यायपूर्ण भएकाले राजीनामा नदिने उल्लेख गर्नुभएको छ ।