आज शेयर बजारमा १७ अर्ब २७ करोड रुपैयाँको कारोबार

Share_nepse_market

जेठ २३, काठमाण्डौ

कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेर रेकर्ड विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३ अङ्कले बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो ।

आज बैंकिङ समूहको शेयर ६९ दशमलव ८५ अङ्कले बढेको छ । यस्तै विकास बैंकको शेयर ९६ अङ्कले, फानाइनान्सको २८ अङ्कले, अन्यको ६७ र माइक्रोफाइनान्स र लगानी समूहको शेयर चार÷चार अङ्कले बढेको छ । व्यापार, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन समूहको शेयर भने घटेको छ ।

आज तीन करोड ७४ लाख कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै महिला लघुवित्त, गुडविल फाइनान्ससहित पाँच कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । राधी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ ।