अक्सिजन सिलिण्डर भरेर राख्नुहोस् : स्वास्थ्य मन्त्रालय

hh

साउन १२, कास्की,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजारका दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

Oxygen-cylinder

स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले संक्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सातवटै प्रदेशका मन्त्रालयलाई अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको जानकारी दिनुभयो ।

‘जनस्वास्थ्यको मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि कोभिड–१९ को सङ्क्रमण दरमा कमी आएको देखिदैन । विगतका दिनमा जस्तै सङ्क्रमणको दर तीव्र रुपमा बढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिदैन’, उहाँले भन्नुभयो, ‘भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न एक हजार वटा अक्सिजनका सिलिण्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्न हुन अनुरोध गरिन्छ ।’

मन्त्रालयले सोमबारको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा भएको कार्यक्रममा असोज १५ गतेदेखि संक्रमणको तेस्रो लहर आउन सक्ने जानकारी दिएको छ ।