परिवर्तन नेपालद्धारा पोखरामा निशुल्क प्रेसर र सुगर जाँच अभियान शुरु

hamro-paribartan-nepal11

साउन ३०, कास्की,

समाज सेवामा सक्रियरुपमा लाग्दै आएको हाम्रो परिवर्तन नेपाल नामक संस्थाले निशुल्क रुपमा प्रेसर र सुगर जाँच अभियान आजबाट सञ्चालन गरेको छ । पोखराको वडा नं. ९ बाट शुरु भएको यो निशुल्क जाँच पोखराका सबै वडा, जिल्ला हुँदै आवश्यक स्थानमा सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

संस्थाको स्वास्थ्य विभाग अन्तरगत सञ्चालित सेवामा आज ४८ जनाले सेवा लिएका संस्थाका सचिव हरि कार्कीले जानकारी दिनुभयो ।

यसअघि संस्थाले निशुल्करुपमा कोरोना परिक्षण, स्वास्थ्य चेकजाँज, औषधि वितरण, बाढी पहिरो पिडितलाई राहत सामाग्री वितरण, अति विपन्नलाई आर्थिक सहयोग लगाएतको कार्य गरेको थियो ।

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्तिहरु रहेका छन् ।