परिवर्तन नेपालले पोखराको वडा नं.१३ र १५ मा शुक्रबार निशुल्क स्वाब संकलन गर्दै

swaab sankalan

जेठ १३, पोखरा,

कास्कीको पोखरामा स्थापित भएर समाज सेवामा समर्पित रहेको परिवर्तन नेपाल नामक संस्थाले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा निशुल्क श्वाँब संकलन एवं खाद्य सामाग्रि वितरण गर्दै आईरहेको छ ।

यसैक्रममा जेठ १४ गते शुक्रबार महानगरपालिकाका २ वडामा निशुल्क स्वाँब संकलन गर्ने भएको छ । संस्थाले वडा नं. १३ को वडा कार्यालय र वडा नं. १५ को तल्लो जनशक्ति टोल नयाँगाउमा निशुल्क स्वाब संकलन तथा स्वास्थ्य परिक्षण गर्न लागेको क्लवका सचिव हरि कार्कीले जानकारी दिनुभयो ।

वडा नं. १३ र १५ का वरपर कोही कसैलाई कोभिडको शंका लागेको छ भने बिहान ११ बजेबाट सुरु हुने निशुल्क शिविरको फाइदा लिनहुन क्लवका अध्यक्ष ढाका कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।