रोकिएका परिक्षाहरु वैकल्पिक माध्यमबाट गराउन ने.वि संघ पश्चिमाञ्चल क्याम्पसको माग

nb

जेठ १२, कास्की,

नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले चैत्र ३ गते देखि रोकिएका परिक्षाहरु यथाशीघ्र वैकल्पिक माध्यमबाट गर्नका लागि अनुरोध गरेको छ । आज एक विज्ञप्ति निकाल्दै क्याम्पस प्रशासन मार्फत इन्जिनियरिङ्ग अध्ययन संस्थान (आइ.ओ.इ)लाई अनुरोध गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले अनलाइन परिक्षाका लागि बाटो खोलिसक्दा आफ्नो परिक्षाको सम्बोधन कुनै पनि निकायले नगरेकोमा दुख प्रकट गर्दै वैकल्पिक बाटोका बारे पहल गरेर विद्यार्थीहरुको अन्योलता चिरिदिनका लागि प्रशासनसमक्ष अनुरोध गरेको छ ।

वैशाख १७ गते हुने भनिएको परिक्षा देशव्यापी फैलिएको महामारीका कारणले स्थगित भएको थियो । पास आउट भैसक्ने समय सम्म पनि परिक्षाको सुचना कुर्नुपर्दा अन्तिम वर्षका विद्यार्थीहरु अझ बढी मारमा परेका छन् ।

अन्तिम बर्षका बिद्यार्थी हरुको बाकीरहेका २ ओटा परिक्षाको बैकल्पिक ढंगले निकास नगर्दा विद्यार्थिको भबिस्य माथी क्याम्पसले बेवास्ता गरेको भन्दै इन्जिनियरिङ्ग अध्ययनरत चौथो बर्षका बिद्यार्थीहरु आक्रोसित बनेका छन् ।