पोखरा अल्ट्रालाइटले भोलीदेखि पुन : उडान शुरु गर्दै

altra light

भदौ २, कास्की,

गत वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड–पुतली जहाज) लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ (भोली)देखि सञ्चालनमा ल्याउने भएको छ ।

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणको कोरोनाका कारण रोकिएको उडान आठ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रो चरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गरेर उडान गरिने उहाँको भनाइ छ ।

उहाँले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिने बताउनुभयो ।