राष्ट्रिय सभा सदस्य उपचुनाव : बादल, देवकोटा र तामाङको उम्मेदवारी

tin

बैशाख २४, काठमाण्डौ,

वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपचुनावका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ ।

थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ । नेकपा एमालेको केपि शर्मा ओलि समुहबाट उम्मेदवारीका लागि थापा हेलिकप्टरबाट प्रदेश राजधानी हेटौँडा पुग्नुभएको हो ।

त्यस्तै देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएको छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहनुभएको छ । एमाले प्रवेश गर्नुभएका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त रहेको छ । रिक्त पदमा निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गर्न लागेको हो ।