गण्डकीका ६ सय ४७ सहित देशभर थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

update

जेठ १५, पोखरा,

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

गएको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सहित कोरोना सङ्क्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

मन्त्रालयका अनुसार थप १ सय १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ७ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर १ लाख १५ हजार ५ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबिच
शनिबार गण्डकीमा ६४७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धित दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७४८ जनामा गरिएको नमुना परीक्षणमा थप ६४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका सबै १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४० जना, तनहुँका ६४ जना, गोरखाका ५६ जना, लमजुङका ५४ जना, नवलपुरका ६४ जना र स्याङ्गजाका ११५ जना छन् ।

यस्तै, पर्वतका तीन जना, बाग्लुङका १२७ जना र म्याग्दी जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार १४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २९ हजार ३७३ पुगेको छ ।

शनिबार गण्डकीमा २१ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना, तनहुँका तीन जना, लमजुङका तीन जना, नवलपुरका चार जना, बागलुङका चार जना, म्याग्दीका एक जना र मुस्ताङका एक जना छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६४७ पुगेको निर्देशनालयले जनाएको छ ।