३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित

bord

साउन २३, कास्की,

साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

कोरोना महामारीको बढ्दो रुप र स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेकोले बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार परीक्षाको अर्को मिति तय गरिने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो ।