देशभर थप २ सय २५ को संक्रमणबाट मृत्यु, कास्कीमा थप ३५६ जना संक्रमित

corona

बैशाख २८, पोखरा

कोरोना भाइरसको संक्रमणबाट थप २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा पछिल्लो देशभर २२५ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

पछिल्लो तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा गरेको कोरोना संक्रमितको शव व्यवस्थापनको संख्यालाई समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगको छ ।
त्यस्तै देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १७ हजार ३६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यसैबीच, गत २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् ।
यसैबिच
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ सय ५६ जनाको पीसीआर परिक्षण गर्दा ५३२ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गएको २४ घण्टामा गण्डकीका ११ जिल्ला मध्ये मनाङ बाहेक अन्य सबै जिल्लामा कोरोनाका बिरामी थपिएका छन् ।

नयाँ संक्रमितमा कास्कीमा ३५६ जना, स्याङजामा ८६ जना, पर्बतमा ६० जना, नवलपरासी पूर्वमा ४५ जना, तनहुँमा ३७ जना रहेकाछन् । त्यस्तै गोखरामा २५ जना, म्याग्दीमा ८ जना, लमुजुङमा ३ जना, बाग्लुङ र मुस्ताङमा २, २ जना रहेकछन् ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या २४ हजार ५०६ पुगेको । त्यस्तै सोही अवधिमा गण्डकीमा थप ११२ जना कोरोना संक्रमण मुक्त भएकाछन् । योसँगै गण्डकीमा हालसम्म १८ हजार १८५ जना संक्रमण मुक्त भएकाछन् । हाल प्रदेशमा ६ हजार ३३ जना कोरोनाका सक्रिय केस छन् ।

गएको २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म प्रदेशमा २८८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाईसकेका छन् ।