नेपालमा अहिलेसम्म जम्मा १३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै डोज खोप

khop1

भदौ ५, काठमाण्डौँ,

नेपालमा पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

साउन १ देखि भदौ ३ गतेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए ।

भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ । त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका छन् ।

अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको पुगेको छ । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत नागरिकलाई र चैतसम्म सबैलाई खोप लगाउने घोषणा गरेको छ ।