भारत र श्रीलंकाबीचको दोस्रो टी–२० मा श्रीलंका विजयी

India-vs-SriLanka

साउन १४, कास्की,

भारत र श्रीलंकाबीच बुधवार राति सम्पन्न दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा श्रीलंका विजयी भएको छ ।

यो संगै तीन खेलको सीरीज १–१ ले बराबरी भएको छ ।

रोमाञ्चक खेलमा भारत प्रारम्भदेखि नै हावी देखिएको थियो, तर अन्तिम पाँच ओभरमा श्रीलंकाले खेल उल्टायो ।

भारतले पहिले ब्याटिङ गर्दै १३२–५ स्कोर बनाएको थियो ।
त्यसको जवाफमा श्रीलंकाले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।

श्रीलंकाले टस जितेर पहिला बलिङ रोज्यो । भारतको तर्फबाट बुधवार चार जना खेलाडीहरुले टी–२० इन्टरनेशनलमा डेब्यू गरे । डेब्यू गर्ने खेलाडीहरुमा देवदत्त पडिक्कल, नितीश राणा, ऋतुराज गायकवाड तथा चेतन सकारिया छन् ।

यो खेल मंगलबार नै खेलिनु पर्नेमा भारतका खेलाडि क्रुणाल पाण्ड्यालाई कोरोना संक्रमण पुष्टि भएपछि खेल बुधवार खेलाइएको हो ।


क्रुणाल पाण्ड्या

भारतको तर्फबाट शिखर धवन ४० तथा देवदत्त पडिक्कल २९ ले सबैभन्दा धेरै रन बनाए भने श्रीलंकाको तर्फबाट धनन्जय डी सिल्भा ४० र मिनोड भानुका ३६ ले धेरै रन बनाए ।

धनन्जय डी सिल्भा म्यान अफ द म्याच भए । भारतले पहिलो टी २० इन्टरनेशनल क्रिकेट म्याचमा आइतबार श्रीलंकालाई ३८ रनले हराएर तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको थियो ।