टोकियो ओलम्पिकमा आज सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्ने

Gaurika-Alex-Final

साउन ९, कास्की,

जापानमा हिजोदेखि सुरुभएको टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल पनि सुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् ।

भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह ९एलेक्स०ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन हिजो भएको हो ।

TO-Opening2-1-scaled

जापानको राजधानी टोकियोमा हिजो विशेष समारोहकाबीच उद्घाटन गरिएको हो । समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायत उपस्थित हुनुभएको थियो ।

उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोकेका थिए । सङ्क्रमण जोखिमकै कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा विशेष जोड दिइएको छ । दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुँदैछन् ।