नक्कली बिल काण्ड : विद्यार्थीबाट असुलेको रकम तत्काल फिर्ता गर्न निर्देशन

kalika

साउन ९, कास्की,

कास्कीको पोखरा महानगरपालिका ११ काहुँमा रहेको कालिका माध्यमिक विद्यालयलाई विद्यार्थीबाट असुलेको रकम तत्काल फिर्ता गर्न शिक्षा महाशाखाले निर्देशन दिएको छ ।

नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर विद्यार्थिलाई पुस्तक बेचेको सार्वजनिक भएपछि महाशाखाले यस्तो निर्देशन दिएको हो ।

विद्यालयको तर्फबाट गलत भएको पुष्टि भएसँगै प्रधानाध्यापक निर्मला मानन्धरलाई विद्यार्थीबाट लिएको रकम तत्काल फिर्ता गर्न निर्देशन दिइएको महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस विषयमा बाँकि अनुसन्धान पनि जारि रहेकालो अन्य कुराहरूसमेत समेटेर एक दुई दिनमा थप निर्देशनसहित पत्राचार गर्ने आचार्यले बताउनुभयो ।

विद्यालयकी प्रधानाध्यापक मानन्धरको प्रत्यक्ष संलग्नतामा पाठ्यपुस्तकबापत सरकारी अनुदानमा प्राप्त रकमसमेत नघटाई प्राइभेट पब्लिकेसनका किताब मिलाएर विद्यालयबाटै नक्कली बिलमार्फत पाठ्यपुस्तक बिक्री गरेको पोखरासमाचार डटकम सहित विभिन्न मिडियाले समाचार प्रशारण गरेको थियो ।