पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र पोखरा महानगर वडा नं. १८ को साझेदारीमा गहुँको विउ, डिपिए ८ सय केजी, बोरेक्स १ सय किलो र जिएमटी २ सय केजी पनि वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर कृषि तथा पशु महाशाखा प्रमुख मनोहर कडोरियाले देशको विकास गर्नको लागि जमिनलाई बाझो राख्न नहुने बताएका थिए। स्वास्थ्य र पोष्टिक आहाराको लागि उपयुक्त मानिने गहुँ वालिले किसानको आर्थिक मजवुद र जिविको पार्जनमा सहयोग मात्र नभई आम मानिसको स्वास्थ्यमा महत्वपूर्ण योगदान पु¥याउने हुँदा गहुँ वालीलाई निरन्तरता दिनुपर्ने जानकारी गराएका थिए। उनले यस योजनाबाट उत्पादन भएको गहुँको बजार व्यवस्थापनमा महानगरले सहयोग गर्नुका साथै कृषकहरुको साथ र सहयोगको लागि तयार रहेको जानकारी गराएका थिए। पोखरा महानगर वडा नं. १८ का वडाअध्यक्ष रणबहादुर थापाले कृषि क्रान्तिमा गहुँ वाली कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको बताए। उनले कार्यक्रम सम्पन्न गर्नको लागि आवश्यक सामाग्रीहरु वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

भावना सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष बलराम कोइरालाले नेपालको विकासको लागि कृषि क्षेत्र पहिलो अवस्थामा रहँदा रहँदै पनि प्राविधिक सीप र ज्ञानको अभावमा कृषिलाई आधुनिकिकरण हुन नसकेको बताए। उनले कृषिको विकास र विस्तारमा भावना सहकारीले अघिल्ला समयमा पनि यस्तै सहयोगी कामहरु गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तर काम गर्ने जानकारी गराएका थिए। कृषकहरुको क्षमता अभिबृद्धि र विकासको लागि सहकारीले विभिन्न समयमा सहयोग गर्दै आइरहेको छ। सामुहिक खेती योजनाका संयोजक बलराम तिमिल्सिनाले कृषि क्षेत्रको विकास र विस्तारको सबै मिलेर अगाडि बढ्नुपर्ने बताए। उक्त कार्यक्रम सुनिल कुमार थापाले सञ्चालन गरेका थिए।