पुस्तक तथा स्टेसनरी व्यवसायीद्धारा कोरोना विरुद्धको खोप माग

pp

साउन ३, कास्की

कोरोना विरुद्धको खोप माग गर्दै पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

विद्यार्थी र शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्टेसनरी व्यवसायीले कास्कीका लागि ५ सय डोज खोप माग गर्दै प्रमुख जिल्ला अधिकारि थानेश्वर गौतम समक्ष ज्ञापन पत्र पेश गरेका हुन् ।

संघका अध्यक्ष बैकुण्ठ प्रसाद पौडल, पुर्व अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, सचिब प्रकाश बास्तोला तथा सदस्य सञ्जय आचार्य सहितको टोलीे ज्ञापन पत्र लिएर जिल्ला प्रसासन पुगेको थियो । ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले उहाँहरुको मागलाई आँफुले सकारात्मक रुपमा लिएको र जतिसक्दो चाँडो खोपको व्यवस्था मिलाउन सहयोग गर्ने बताउनुभएको छ ।