शेयर बजार १६ अङ्कले बढ्दा साढे पाँच अर्ब रुपैयाँको कारोबार

nepsee

असार २९, कास्की,

शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

आज बैंकिङ्ग समूहको शेयर १४ अङ्कले विकास बैंक समूहको शेयर ७० अङ्कले, व्यापारको आठ, होटलको १९, उत्पादनको पाँच र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत समूहको शेयर १४ अङ्कले, फाइनान्सको ९३ अङ्कले, माइक्रोफाइनान्सको ३४ अङ्कले र निर्जीवन बीमा समूहको शेयर १४ अङ्कले बढेको छ । दुई सय २३ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ४५ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।