कास्कीका १७१ सहित देशभर थप २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

corona

साउन ३१, कास्की,

आइतबार गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०६८ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १७१ जना सहित, स्याङ्गजाका ७० जना, बागलुङका ४७ जना, पर्वतका ४६ जना, म्याग्दीका ३१, लमजुङका ७ जना, तनहुँका ५ जना र नवलपुरका ३ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७५ हजार ६८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३२ जना कोरोनामुक्त भएसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ३५६ पुगेको छ ।

यस्ते आइतबार गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की पोखराका तीन जना सहित नवलपुरका पाँच तथा स्याङ्गजाका चार जना रहेका छन्् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११९२ पुगेको निर्देशनालयले जनाएको छ ।

यसैबिच देशभर थप २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जम्मा १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा थप २ हजार २ सय १२ अर्थात कुल परीक्षणको १८ दशमलव २७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिले नेपालमा ३९ हजार २ सय ९८ जना सक्रिय सङ्क्रमित रहेकोमा
७ सय ५८ जनाको आईसीयू र एक सय ९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले बताएको छ ।