गण्डकी प्रदेशमा कांग्रेस र माओवादी बिच मन्त्रालय बागबन्डामा सहमति,आजै नयाँ मन्त्रीहरुको सपथ

gandaki

साउन ८, कास्की

गण्डकी प्रदेशमा सत्ता साझेदार प्रमुख दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेबिच मन्त्रालय बागबन्डाको विषयमा सहमति जुटेको छ ।
सरकार गठनको महिनौ वित्दा समेत दलहरुमा मन्त्रालय बागबन्डाको विषयलाई लिएर किचलो रहेको भन्दै मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको आलोचना भैरहेको थियो ।

दुई पार्टिबिच बिहीबार ढिलो गरि सम्पन्न बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्रीहरु समेत चयन गरेको छ ।

माओवादिवाट अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक घर्तीमगर नयाँ मन्त्रीको रुपमा चयन भएको सांसद दीपक कोइरालाले जानकारी दिनुभयो ।

माओवादिबाट मन्त्री बन्नेहरु

बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक घर्ती मगर स्याङ्जाबाट निर्वाचित सांसद रहेकाछन् । माओवादीबाटै यसअघि नै मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसक्नुभएको छ ।

माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । कांग्रेसले पनि शुक्रबार सम्म मन्त्रीको नाम टुंगो लगाउने कांग्रेस सांसद ओमकला गौतमले जानकारी दिनुभयो ।

अहिले प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकास मन्त्री कुमार खड्का रहेका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ ।

२ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनुहुन्छ । जसपालाई अर्को मन्त्रालय नदिईने सरकारका प्रवक्ता कुमार खड्काले बताउनुभएको छ ।

यसअघि नै स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री रहनुभएको छ भने सत्तासोझेदार अर्को पार्टि राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार (आज) दिउँसो १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी रहेको स्रोतले बताएको छ । ६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय मात्रै बनाउने गण्डकी सरकारको तयारी रहेको छ ।