‘कोरोनाको आडमा सरकारले स्वार्थसिद्धिको प्रयास गर्दैछ’ : कांग्रेस

congress-padadhikari-baithak

अब विरोध सामाजिक सञ्जलबाट

जेठ १२, काठमाण्डौ,

नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भन्दा आफ्नो स्वार्थसिद्धिमा बढि केन्द्रित भएको आरोप लगाएको छ । बुधबार बसेको बैठकले पर्याप्त औषधि उपकरण, कन्ट्याक्ट ट्रेसिङ, भेन्टिलेटर, अक्सिजन, खोपको व्यवस्था गरेर जनताको उपचार गर्नुको साटो सरकारले निषेधाज्ञाको सहारा लिएको ठहर गरेको छ ।


डा. प्रकाशशरण महत

काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो ः कोभिडको महामारीका सम्वन्धमा हामीले केही समयअघि पनि १५ बुँदे ज्ञापनपत्र दिएका हौं । तर, सरकार अहिले पनि कोभिड संक्रमणलाई रोक्ने भन्दा पनि यसको आडमा राजनीति गर्न खोज्दैछ । जनतामा आतंक फैलाउन खोज्दैछ । एक÷दुई दिनभित्र किनमेल गर भनेर भनेको छ’ ।

उहाँले सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेड, दुर्गममा पीसीआर परीक्षण गर्नेभन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्ध गर्नेतर्फ नै केन्द्रित भएको पाइएको बताउनुभयो ।

‘फेरि पनि हामी सरकारलाई तत्काल जनताका आवश्यकता, पिरमर्का बुझ्दै सानोतिनो रोजगार गरेर जीवन चलाउनेहरु एकातिर स्वास्थ्य संकटकाल र अर्कोतिर जीवीकोपार्जनको संकट भोग्नुपरेकाहरुलाई राहतको सुनिश्चित गरोस् भन्न चाहन्छौ’, नेता महतले भन्नुभएको छ । उहाँले जनताका समस्या सम्बोधन गर्नको साटो सरकार आफूले लिएको अवैधानिक बाटोलाई मजबुत गर्ने नीतिमा लागेको भन्दै आपत्ति समेत जनाउनुभएको छ ।
यसैबीच, विपक्षी गठबन्धनले सरकारविरोधी आन्दोलनलाई सशक्त पार्ने रणनीति बनाएको छ । त्यसका लागि भौतिक उपस्थितिमा हुने संघर्षलाई रुपान्तरण गर्दै सामाजिक सञ्जालमार्फत त्यस्ता गतिविधि सञ्चालन गर्ने नीति लिएको पनि नेता महतले जानकारी दिनुभएको छ ।