पूर्ण खोप पछि मात्र व्यवसाय खोलिने : पश्चिमाञ्चल होटल संघ

hotel bewasahi

जेठ १६, कास्की

पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय संचालन नगर्ने स्पष्ट पारेका हुन् ।

कोभिड १९ को दोस्रो लहरले गत बैशाख १५ गतेबाट उद्योगधन्दा लगायत सम्पूर्ण व्यवसाय र जनजिवन ठप्प रहेको स्मरण गराउँदै विज्ञप्तिमा विभिन्न देशमा आम नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइएको स्थानमा जीवन पुनः लयमा फर्कन थालेको भन्दै सोहि अनुरुप यस क्षेत्रका पर्यटन व्यवसायीलाई पनि खोपको प्राथमिकतामा समेट्न संघले आग्रह गरेको छ ।