चीनमा एक पुरुषमा पहिलो पटक दुर्लभ प्रकारको बर्ड फ्लु पुष्टि

chin

जेठ १९, एजेन्सी,

चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पाइएको छ । ल्ज्ज्ञण्ल्घ (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ ।

यद्यपि अधिकारीहरुले ती व्यक्ति कसरी सङ्क्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता सङ्क्रमणको पहिचान भएको थियो । अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् ।

बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको घटना कहिलेकाहीँ सुनिन्छ । तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु नदेखिएको बताईएको छ ।