कास्कीका १४४ सहित थप ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि

corona

भदौ २, कास्की,

बुधबार गण्डकी प्रदेशका थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३३४ जनामा गरिएको नमुना परीक्षणमा थप ४५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय ४४ जना सहित बागलुङका ११८ जना, नवलपुरका ५२ जना, स्याङ्गजाका ४० जना, गोरखाका ३६ जना, तनहुँका २६ जना, म्याग्दीका २३ जना, पर्वतका १६ जना र लमजुङका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ ।

त्यस्तै बुधबार कोरोनाका कारण गण्डकीमा थप १० जनाको मृत्यु भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, तनहुँ र स्याङ्जाका दुईदुई जना सहित नवलपुर, बागलुङ, पर्वत र लमजुङका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय १६ पुगेको छ ।
यसैबिच
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१६ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा २० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय चार जना निको भएका छन् भने यही अवधिमा कोरोनाका कारण ४२ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ९६ पुगेको छ ।

कोरोनाका सङ्क्रमितमध्ये सात सय ७० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।