
जेठ ३, पोखरा,
विवेकशील साझा पार्टीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाएको छ ।

पार्टीको पोखरा महानगर समितिले ‘तातो भात अभियान’ शुरु गर्दै हिजो (आइतबार) बेलुकाबाट अस्पतालको कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई खाना खुवाएको हो ।
पार्टीको जिल्ला कमिटी तथा प्रदेश कमिटीको सहयोगमा महानगर समितिले पहिलो चरणमा १० दिनका लागि भनेर हिजोदेखि तातो भात अभियान शुरु गरेको महानगर समिति संयोजक अजय श्रेष्ठले जानकारी दिनुभयो । पहिजो दिन करिब २ सय भन्दा धेरैलाई खाना खुवाईएको उहाँले बताउनुभयो ।
अस्पताल प्रशासन सँग समन्वय गरेर अस्पतालको कोभिड वार्डमा रहेका ७७ जना बिरामी तथा उनीहरूका कुरुवा गरेर २ भन्दा बढिलाई अब देखि दैनिक तातो खाना पु¥याउने श्रेष्ठले बताउनुभयो । अस्पताल प्रशासन सँग समन्वय गर्दै दैनिक रूपमा तथ्याङ्क सङ्कलन गरेर तातो भात अभियानलाई निरन्तरता दिने उहाँको भनाई छ ।