गण्डकीमा एमालेद्धारा छाया सरकार गठन

hhh

साउन ३०, कास्की,

साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ ।

नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बताउनुभयो ।

सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोशन गाहा मगर र प्रभा कोइराला रहनुभएको छ ।

त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहनुभएको छ ।

सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगरलाई चयन गरिएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहनुभएको छ ।

त्यसै गरी पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन र सदस्यमा पुष्पा केसी भण्डारी चयन हुनुभएको छ ।

त्यस्तै अर्थ मन्त्रालयको संयोजक इन्द्रलाल सापकोटा र सदस्यमा कृष्ण बहादुर थापा रहनुभएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ साथै सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली रहनुभएको छ ।

ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ र सदस्यमा धनञ्जय दवाडी रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मी साथै सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ रहनुभएको छ ।

पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी साथै सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर रहनुभएको छ ।