बुधबारदेखि पेट्रोलियम पदार्थको वितरणमा रोक लगाउने पाँच विद्यार्थी संगठनको चेतावनी

5 sann

असार २९, कास्की,

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् ।

उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि फिर्ताका लागि एशोसिएसन मातहतका सम्पूर्ण पेट्रोल पम्प र ढुवानी ट्यांकहरु बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन् ।

आफूहरुको ध्यानाकर्षणप्रति अवज्ञा गरिएमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी व्यवसायी र एशोसियसन स्वयं हुने पनि विद्यार्थि संगठनहरुले चेतावनी दिएका छन् ।