यो सरकारले ‘एक्सक्युज’ पाउँदैन : गगन थापा

Gagan-Thapa

साउन १५, काठमाण्डौ,

सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँ कतै नचुक्न पनि आग्रह गर्नुभयो ।

विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औँ महाधिवेशनको मिति तल–माथि नगर्न पार्टी नेतृत्वलाई दबाबसमेत दिनुभयो । नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नुभयो ।