गण्डकीका मुख्यमन्त्री र प्रदेश प्रमुखद्धारा बकर इदको अवसरमा शुभकामना

krishna chandra chayen

साउन ६, कास्की,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।

मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा भनिएको छ ।