पोखराका मेयर जिसी अस्पतालबाट डिस्चार्ज

man-bahadur-gc

साउन १९, कास्की,

मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी आज डिस्चार्ज हुनुभएको छ ।
१९ दिनअघि अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौं लगिएका उहाँ मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो । जिसीका प्रेस संयोजक माधव बरालले उहाँको स्वास्थ्यमा देखिएको क्रमिक सुधारले सबैलाई आशा र भरोसा जगाएको उल्लेख गर्दै निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुनः सक्रिय हुनुहुने बताउनुभएको छ । अहिले उहाँ चिकित्सकीय निगरानीमा छोरीको घर काठमाडौंस्थित बुढानीलकण्ठमा रहनुभएको बरालले जानकारी दिनुभयो ।