गण्डकी प्रदेशका विभिन्न स्थान सहित देशभरका धेरैजसो जिल्लामा भीषण वर्षाको सम्भावना

aajako mausam

असार २८, कास्की,


आज (सोमबार) गण्डकी प्रदेश सहित प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भीषण वर्षा हुने क्षेत्रमा पहिरो र नदी तथा खोला तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउनु आग्रह गरेको छ ।