सेती नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गर्ने ५५ वटा सवारी साधन कास्की प्रहरीद्धारा कारबाहीमा

abaidh

साउन ११, कास्की,

अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गर्ने ५५ वटा सवारी साधनलाई कास्की प्रहरीले कारबाही गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १९ पुरनचौर स्थित ढोडेनीघाट सेती नदीमा अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका टिप्पर २२ वटा, मिनी टिप्पर १७ वटा र ट्याक्टर १६ वटा गरी ५५ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।