पोखरा १४ को विकासमा पहल गर्छु : मन्त्री आचार्य

khanepani harisharan mantri

साउन २९, कास्की,

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले खानेपानी जस्तो जनताको आधारभूत आवश्यकतालाई जनताको पहुँचमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१४, मा समिन्तरा खानेपानी आयोजनाको शिलान्यास गदै मन्त्री आचार्यले यस ठाउँ सडकीय पूर्वाधारका हिसाबमा र बिद्धुतिकरणका काममा समेत पिछडिएकाले सरकारले पहलकदमी लिनुपर्ने देखिएको बताउनुभएको छ ।

साथै उहाले यस क्षेत्रमा विद्युत लाइन विस्तार गर्नका लागि विद्युत कार्यालयसँग समन्वय गरि तत्काल विद्युतिकरणमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रेम डोटेल ई दिपक शेरचन, मसिना टोल बिकास संस्थाका बर्तमान तथा निवर्तमान अध्यक्षहरु क्रमश कोश बहादुर गुरुङ तथा रामचन्द्र शुवेदी नेपाल विधुत प्राधिकरणका इन्जिनियर नरेश दत्त राउत लगाएतको उपस्थिति रहेको थियो ।