विद्यार्थी संगठनहरुको विरोध पछि पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घट्यो

petrol-pump

असार ३१, कास्की

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मूल्यवृद्धिलाई लिएर देशभर संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि निगम मूल्य घटाउन बाध्य भएको हो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए ।
निगम सञ्चालक समितिको निर्णयअनुसार बुधबाररातिदेखि नै लागु हुनेगरी पेट्रोल डिजेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।